झ्याउँकीरी

कहिले काँही
कान्छीले मनभित्र झ्याउँकीरीहरुलाई बास दिन्छे
झ्याउँकीरीहरुले दिनभरी कान्छीलाई सताउने गर्छन्
आज कान्छीको मनमा झ्याउँकीरीहरुको लागि सहि साँझ परेको छ
तिनको “झ्याउँ झ्याउँ झ्याउँ”ले कान्छी निक्कै दिक्क छिन्
ऊ आफ्नो कोठाको पलंगको कुनामा बस्छे,
उसको ध्यान झ्यालबाहिरको दोब्बर इन्द्रेणीभन्दा पनि
मनभित्रको हजारौँ झ्याउँकीरीहरुको आवाजमा बढी छ ।

कान्छीको मुखमा ताल्चा र बोलीमा खडेरी लागेको छ
त्यसैले आफ्नो कोठाको ढोकाको चुकुल लगाएर
झ्याउँकीरीहरुको आवाजलाई शान्त पार्न खोज्छे
एक एक “झ्याउँ झ्याउँ”लाई केलाई
झ्याउँकीरीहरुलाई नोटबुकका पानाहरुमा उतारी शब्दहरुको चित्र कोर्न थाल्छे
एक एक “झ्याउँ झ्याउँ”लाई केलाई
शब्द र अर्थको गणितमा ब्यस्त हुन्छे
मनका सबै कुना-काप्चा र चेपहरुमा सताउँदै बसिरहेका झ्याउँकीरीहरुलाई खोजेर
कलमले शब्दको नाचमा नचाउँछे
तर कान्छी दग्मगाउदिनन् ।

तर पनि
कहिले काँही कान्छीले मनभित्र झ्याउँकीरीहरुलाई बास दिन्छे
र झ्याउँकीरीहरुले कान्छीलाई फेरी दिनभरी सताउने गर्छन् ।

5-curious-french-cat

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s